मध्याह्नको रापिलो घाम, गाडीको चर्को हर्न, चोक–बजारको हल्लीखल्ली छिचोल्दै पृष्ठभूमिमा कतै मधुर मन्त्र-ध्वनि गुञ्जिरहेको छ । त्यही ध्वनि पछ्याउँदै भक्तपुरको कौशलटारस्थित एउटा व्यावसायिक भवनको तेस्रो तला उक्लिएपछि भेटियो, ‘यज्ञशाला’ । प्राचीन र आधुनिकताको कलात्मक फ्युजन जस्तो देखिन्छ, यो फराकिलो कक्ष । आरामदायक फर्निचर, इन्डोर प्लान्ट, भित्ते चित्र । त्यहाँ तीन तन्नेरी पुरोहित आपसमा एकाकार भएर मन्त्र साधना गरिरहेका छन् ।
अब अर्को तलामा उक्लिनुपर्छ, जहाँ स्थायी हवन कुण्ड भेटिन्छ । त्यसैको सम्मुखमा पूजाकोठा । पूजाकोठामा ठूल्ठूला पारदर्शी काँचभित्र रंगी-विरंगी चामलका आकृतिहरु छन्, जुन झट्ट हेर्दा रंगोली झैं लाग्छन् । यसको भित्री तहमा तामाको तारले रेखांकन गरिएको छ ।खासमा यो विधिपूर्वक निर्माण गरिएको आधुनिक यज्ञशाला रहेछ, जहाँ कुनै पनि वैदिक कर्मकाण्ड गराउन सकिन्छ । तपाईं ग्रहशान्ति गराउनु होस् वा वास्तुबारे परामर्श लिनुहोस् । हस्तनिर्मित कुण्डली बनाउनु होस् वा वैदिक पूजाआजा गर्नुहोस्, सम्पूर्ण कामको मेलोमेसो यहीं मिलाउन सकिनेछ । सम्पूर्ण आर्टिकलको लागी यो लिन्कमा क्लिक गर्नुहोला : यज्ञशाला : वैदिक कर्मकाण्ड गराउने आधुनिक भेन्यु